Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल


1.2k
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभएको छ ।

आज पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपाय विषयक विचार गोष्ठीमा बोल्दै उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभयो ।

यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको भन्दै उहाँले सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने तर्क गर्नुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले देशको सबै क्षेत्रमा समस्या भएको भन्दै समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताउनुभयो । भ्रष्टाचारको अन्त्य सिंहदरबारबाट मात्रै हुने भन्दै उहाँले मुख्य नेतृत्वबाट नै भ्रष्टाचारको अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो ।अध्यक्ष नेपालले नेपालले विदेशीहरुसँग अनुचित सम्झौता गर्ने गरेको दाबी गर्दै उहाँले विदेशीसँग कुनैपनि सम्झौता गर्दा चुक्ने गरेको उल्लेख गर्नुभयो ।