१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


बर्दियामा लघुवित्त संस्थाविरुद्ध प्रदर्शन


182
Shares

काठमाडाैं । लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले आज बर्दियाको गुलरियामा विरोध पर्दशन गरेको छ । लघु वित्त संस्था खारेजको पनि माग गर्दै गणेमान चोक हुलाकी सडकमा बसेर विरोध प्रदर्शन गरिएको हो ।

गाउँगाउँबाट आएका महिलाहरुले सडकमा बसेर प्रदर्शन गरेका हुन् । संर्घष समितिका अध्यक्ष मनीराम ज्ञवालीले लघु वित्त संस्था खारेज गर्न, लघु वित्त संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्नुपर्ने आफूहरूको माग रहेको बताउनु भयो ।

जिल्लामा यस अघि संचालनमा रहेको नमस्ते बचत तथा ऋण सहकारीले लाखौं रुपैया संकलन गरेर फरार भएपछी सदस्यहरुले संघर्ष समिति गठन गरेका हुन् ।