१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


पुरानो संसद भवन नभत्काउन निर्देशन


975
Shares

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ ।

राष्ट्रिय सभाको प्रत्यायोजित तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन भत्काउन निर्देशन दिएको हो ।

नभत्किएसम्म भत्काउन जरुर नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए । उनले भने, ‘विभिन्न कालखण्डका इतिहास बोकेको भवनको संरक्षण गर्‍यो भने आउने पुस्तालाई साक्षीको रुपमा रहन्छ । पुर्खाको इतिहास मास्न हुँदैन । भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ ।’

निर्माणाधीन संघीय संसद्मा संघीय पुस्तकालय समयसापेक्ष अनुरुप र व्यवस्थित ढंगको हुनुपर्ने सभापति शर्माले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।