१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


अमेरिकाकाे केन्द्रीय बैंक रिजर्भले फेरी ब्याजदर बढायाे

आगामी दिनमा अर्थतन्त्रमा चुनौती थपिने रिजर्भकाे चेतावनी

1.04k
Shares

एजेन्सी । अमेरिकामा बैंकिङ क्षेत्र धरासायी बन्दै गर्दा केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढाएको छ ।

अर्थतन्त्रमा स्थिरता ल्याउने भन्दै फेडरल रिजर्भले शून्य दशमलव २५ प्रतिशतले निक्षेपको ब्याजदर बढाएको हो । अहिले पनि अमेरिकी बैंकिङ प्रणाली सुरक्षित रहेको दावी गरेको फेडरलले आगामी दिनमा अर्थतन्त्रमा चुनौती थपिने चेतावनी भने दिएको छ ।

निक्षेपको ब्याजदर बढेसँगै बैंकबाट लिइने ऋण तथा सापटी पनि महँगो हुने भएकाले समग्र रुपमा महँगी बढ्ने जनाइएकाे छ । १ महिनाभित्र सिलिकन भ्याली, सिग्नेचर र फस्र्ट रिपब्लिक बैंक डुबेपछि अमेरिकी अर्थतन्त्र गम्भीर मन्दीतर्फ जान लागेको आशंका भइरहेको बेला फेडले सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरेको छ ।

तर अर्थशास्त्रीहरु भने यो वर्ष अमेरिकी अर्थतन्त्रमा शून्य दशमलव ४ प्रतिशत भन्दा बढी वृद्धि नहुने बताएका छन् । आगामी वर्ष पनि आर्थिक वृद्धि निकै सुस्त हुने उनीहरुको प्रक्षेपण रहेकाे छ ।