Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


विश्व साइकल तथा पैदल यात्रा सुचारु गर्दै मिश्र र खत्री


936
Shares

भक्तपुर । विश्व साइकल तथा पैदल यात्री अजय मिश्र र भगत खत्रीले कोभिडको समयमा स्थगित गरेको यात्रालाई पुनः सञ्चालन गर्न लागेको बताएका छन् ।

बुधबार रफत सञ्चार क्लबमा साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले १०० देशको यात्रा पश्चात स्थगित गरेको यात्रालाई पुनः सञ्चालन गर्न लागेको बताएका हुन् ।

साइकल तथा पैदल यात्रा नभएर मात्र आफूहरुले असहाय विद्यार्थीहरुलाई देशका विभिन्न जिल्लाहरुमा पुगेर प्रत्यक्ष सहयोग गर्दै आएको पनि मिश्रले बताए ।

देश बुझ्दै जाँदा आफूहरुले देखेको र भोगेको, शिक्षा क्षेत्रमा असहाय विद्यार्थीहरुको पहुँच नपुग्दो अवस्थालाई मध्यनजर गर्दै आफूहरुले सहयोग संकलन गरेको रकम हालसम्म १ हजार ६ सय विद्यार्थीमाझ पुर्‍याई सकेको खत्रीले बताए ।

आफूहरुले विश्व साइकल तथा पैदल यात्रा २०६१ साउन १८ मा भक्तपुरको गठ्ठाघरबाट सुरू गर्दा १५ वर्षमा सक्ने तय गरेता पनि विभिन्न क्षेत्रबाट सहयोग जुटाउनु पर्ने र कोभिडका कारण यात्राको समय लम्बिएको उनीहरु बताउँछन् ।

अब साइकल र पैदल यात्रा गरेर आफूहरुले पाँच वर्षमा विश्व यात्रा सक्ने खत्री र मिश्र दाबी गर्छन् ।

यात्रा क्रममा भिसाको समस्या, भाषागत समस्या, नेपालीहरु नभएको स्थानमा विशेषत खाना बस्नुको समस्या, विशेषत द्वन्द्वग्रस्त देशहरुमा हुने लुटपाटको समस्या, स्वास्थ्य उपचार लगायतकै समस्याहरु रहेता पनि आफूहरु विश्व यात्रा पूरा गर्न तर्फ लागेको उनीहरु बताउँछन् ।

आफ्नो देशको झण्डा फहराएर विदेशका सडकहरु छिचोल्दा छुट्टै आनन्दको महसुस हुने उनीहरु बताउँछन् ।