Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


कांग्रेसलाई कुनै गल्ती गर्ने छुट छैनः नेता कोइराला


260
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरीजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोइरालाले कांग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी कांग्रेसबाट हुनु नहुने बताउनुभयो।

उहाँले अहिलेका परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालीरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको बताउनुभयो । नेता कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको रहेको बताउनुभयो ।

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा कांग्रेस नचुकेको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने दावी गर्नुभयो । लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै संचार माध्यमको जिम्मेवारीलाई गम्भीर रुपमा लिएको नेता कोइरालाले बताउनुभयो ।