
एजेन्सी । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले संसद विघटन गर्नुभएको छ ।
निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रोपटक निर्वाचनका हुन लागेको हो ।
संसद विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्यान्डको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्वसेना प्रमुख प्रयुतले एक दशकको निर्वाचनपछि स्वदेशमा फर्कनुभएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरीबीच प्रतिस्पर्धा हुनेछ ।
पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य विपक्षी फेउ थाई समूहले निर्वाचनमा सफलता हासिल गर्ने लक्ष्य लिएको छ । तर, थाइल्यान्डको सैनिक प्रशासन (जुन्टा) ले सन् २०१७ मा बनाएको संविधानका कारण पार्टीलाई शीर्ष पद सुरक्षित गर्न कठिन बनाउन सक्ने विश्लेषकहरूले बताएका छन् ।
निर्वाचन गर्ने सम्भावित मितिका रूपमा मे ७ वा १४ लाई हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्