१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023


मोदीलाई प्रतिबद्धता स्मरण गराउन हिँडेर १६०० किमि यात्रा


0
Shares

काठमाडौं, असार ४ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले पूरा नगरेको चुनावी प्रतिबद्धता स्मरण गराउन भन्दै एकजना व्यक्तिले करिब १६०० किलोमिटरको यात्रा हिँडेर पूरा गदैछन् ।

मुक्तिकान्त विस्वाल नाम गरेका ती व्यक्तिले पूर्वी उडिसा राज्यबाट हिँडाइ सुरु गरेका हुन् ।

१३५० किलोमिटर हिँडिसकेका विस्वाल आग्रास्थित अस्पतालमा छोटो समय बसेपछि फेरि हिँड्न सुरु गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

विस्वालले राज्यको अस्पतालको स्तरोन्नति गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता स्मरण गराउन चाहेको बताएका छन् ।

हातमा भारतको राष्ट्रिय झन्डा बोकेर उनले गत अप्रिल १६ देखि हिँड्न सुरु गरेका थिए ।

यो हप्ताको अन्त्यसम्ममा उनी अन्तिम गन्तव्य दिल्ली पुग्ने अनुमान गरिएको छ ।