Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


फिल्म ‘ज्विगाटो’ को कमजोर प्रदर्शन


10.5k
Shares

एजेन्सी । भारतीय चर्चित कमेडियन कपिल शर्माको फिल्म ‘ज्विगाटो’ गत शुक्रबारदेखि भारतमा प्रर्दशन भइरहेको छ ।

फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरिरहेको छ । हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा १ करोड ५ लाख भारतीय रुपैयाँ कमाएको छ ।

पहिलो दिन ४३ लाख भारतीय रुपैयाँ कमाएको फिल्मले दोस्रो दिन ६२ लाख रूपैयाँ कमाएको हो। भारतीय फिल्मकर्मीले यो फिल्म फ्लप भएको बताइरहेका छन्।

दर्शक हसाएर चर्चा कमाएका कपिलले फिल्म ‘ज्विगाटो’ मा गम्भीर भूमिकामा देखिएका छन्। फिल्ममा कपिल ज्विगाटो नामक खाने कुरा कम्पनीका डेलिभरी ब्वाइका रूपमा देखिएका छन्।

भारतीय सञ्चार माध्यामहरुका अनुसार दर्शकले कपिललाई गम्भीर भूमिकामा नरूचाएको बताएका छन् । नन्दिता दासले निर्देशन गरेको फिल्ममा कपिलसँग शाहाना गोस्वामीको समेत मुख्य भूमिका रहेको छ ।

Skip This