
काठमाडाैं । श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।
इलाम नगरपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन अनुदानमा हाते ट्याक्टर वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काले बताउनुभयो ।
नगरपालिकाको कृषिमा प्राथमिकता अभियान अनुरुप शुक्रबार इलाम नगरपालिका वडा न ९ मा ट्रयाक्टर वितरण गरिएको हो ।
इलाम नगरपालिका वडा न ९ का वडा अध्यक्ष गोपाल चौहानले ट्याक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताउनुभयो ।
यस आर्थिक वर्षमा कृषि कार्यक्रम अन्तरगत हाते ट्रयाक्टर कृषक समुहमार्फत अनुदानमा वितरण गर्न थालिएको चौहानले बताउनुभयो ।
परम्परागत रुपमा गोरुले जोतिने स्थानमा पावर टिलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टिलर वितरण सुरु गरेको बताइएको छ ।
वडाले शुक्रवार वडा भरिकालाई समेटेर छ समूह निर्माण गरेर मिनि टिलर (हाते ट्रयाक्टर) वितरण गरेको हो ।
गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् । अनुदानमा ट्याक्टर पाएपछि वडाका कृषकहरु हर्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्