
तस्बिर फाइल
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङले नेपाल सन् २०२६ सम्ममा सुख्यायाममा पनि बिजुलीमा आत्मानिर्भर हुने बताएका छन् ।
‘हामी सन् २०२६-२०२७ सम्म बिजुलीमा आत्मनिर्भर हुन्छौं । त्यो बेला नेपालले वर्षायाममा करिब एक खर्ब बराबरको १४ करोड युनिट बिजुली बिक्री गर्ने अनुमान छ,’ राजधानीमा आयोजित एक कार्यक्रममा उनने भने ।
कार्यकारी निर्देशक घिसिङले जलविद्युतको उत्पादन, प्रसारण र वितरण तीनवटै क्षेत्रमा लगानी आवश्यक रहेको बताए ।
त्यसका लागि विद्युत प्राधिकरणले पुँजी लगानी योजना बनाउन लागेको उनको भनाइ छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्