८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


भाइरल हुनुभन्दा चलचित्रमा अभिनय गर्न पललाई राजेशको सुझाव


13.416k
Shares

काठमाडौं । गायक राजेश पायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका राईले यस्तो बताएका हुन् ।

गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरूमा अभिनय गरेर अघि बढ्न सुझाव दिएका छन् । साथै उनले शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्न सुझाव दिए ।

सोमबार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका शाह मंगलबार काठमाडौं हाएका छन् ।

काठमाडौं आउने क्रममा फ्यान र सिने पत्रकारहरुले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो ।