१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


गुह्यगर्भ तन्त्राचार्य रिन्पोछेको दुई वर्षपछि अन्तिक संस्कार


1.495k
Shares

काठमाडौं । विश्व प्रसिद्ध गुह्यगर्भ तन्त्राचार्य बज्रगुरु चिखे छोक्लिङ् मिग्युर देवे दोर्जे रिन्पोछेको शुक्रबार दाहसंस्कार गरिएको छ ।

उहाँको पार्थिव शरीरलाई आज सेतो गुम्बा, बौद्धमा वज्रयानी बौद्ध तन्त्र परम्परा अनुसार सबै दिशा र उपदिशाहरुमा चार मुख्य धर्म परम्परा संघ र रिन्पोछेहरुबाट अग्नि समपर्ण गरेर दाहसंस्कार गरिएको हो ।

उहाँको पवित्र अस्थिलाई समाधिष्ट गरेर स्थुप निमार्ण गरिने छ । दुई वर्ष अघि सिंगापुरको राङजुड येशे ओडियानमा ध्यान समाधिबाट उहाँले भौतिक शरिर छोड्नुभएको थियो । त्यसपछि उहाँको पार्थिव शरिरलाई नेपाल ल्याएर अन्तिम संस्कार नगरि ध्यान समाधिमा नै गुम्बामा राखेर नित्य अतितको बुद्धहरुको चलन अनुसार पुजा गरिरहेको थियो ।

विश्व कै एक उच्चस्तरको तन्त्रगुरुको रुपमा चिनिनुभएका रिम्पोछे गुह्य गर्भ तन्त्रका ज्ञाता र साधक हुनुहुन्थ्यो । २००९ सालमा नेपालमा जन्मनु भएका रिम्पोछेका दुई भाई र छोरा पनि ख्यातिप्राप्त वज्रयानी बौद्ध रिम्पोछे हुन्ुहुन्छ ।

भारत, अमेरिका, क्यानाडा, युरोप र रुस लगायतका विश्वका अन्य देशहरुमा वज्रयानी बौद्ध धर्म र शिक्षा फैलाउन उहाँको ठुलो योगदान रहेको छ ।