Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


भन्सारमा रोकिएका सवारी साधन भित्र्याउन नाडाको माग


143
Shares

काठमाडौं । नाडा प्रतिनिधिहरू र भनसार विभागका महानिर्देशक चक्रबहादुर बुढाबीच भेटवार्ता सम्पन्न भएको छ ।

नाडाका अध्यक्ष धुव्र थापा नेतृत्वको टोलीले बिहीबार भन्सार विभागका महानिर्देशक बुढासँग भेटवार्ता गरेको हो ।

भेटमा अध्यक्ष थापाले भन्सार नाकाहरूमा लामो समयदेखि रहेका सवारी साधन छुटाउन सहजिकरण गरिदिन आग्रह गरेका छन् ।

उनले सरकारले सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो आयत प्रतिबन्ध लगाउनु अघिदेखि नै नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधन खरिद बिक्रीमा कुनै सुधार नहुने बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।