काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति जुटाउन र सोबारे अन्तिम निर्णय गर्ने अधिकारी प्रधानमन्त्री एवं पार्टी अध्यक्षा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
तर, प्रचण्ड स्वयं पनि राष्ट्रपति कसलाई बनाउने भन्नेमा अझै स्पष्ट हुन सकेमा छैनन् । यद्यपि, सरकार बन्नुअघि भएको सहमतिअनुसार उनले राष्ट्रपतिमा एमालेलाई सघाउनुपर्नेहुन्छ ।
तर, माओवादी पार्टीमा पछिल्ला दिनमा हुने गरेको छलफल र बहसले भने सरकार गठन हुँदाको सहमति उल्लंघन गर्ने सम्भावना बढेको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै गर्ने निष्कर्ष निकाल्दै सोबारे निर्णय गर्ने सम्पूर्ण अधिकारी प्रचण्डलाई दिने निर्णय गरेको हो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्