Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


मुहान सुक्ने खतरा, हिउँदे बाली उत्पादनमा ह्रास


117
Shares

काठमाडौं । जलवायु परिवर्तनले निम्त्याएको असरका कारण यस वर्ष नेपालमा हिउँदे खडेरी हुँदा सुख्खा बढेको छ ।

पश्चिमी क्षेत्रका केही भू-भाग मध्ये नेपालको धेरै जसो भागमा हिउँदे वर्षा नहुँदा खडेरी देखिएको हो ।फेब्रुअरी २८ सम्मको अवधिलाई हिउँदाको समय मानिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक हेर्दा यस वर्ष हिउँदे वर्ष १३ प्रतिशत भएको पाइन्छ ।

हिउँदामा औसत वर्षा ६०.१ मिलिमिटरमा हुनुपर्नेमा हालसम्म करिब ७.९ मिलिमिटर पानी परेको विभागको तथ्यांकले देखाउँछ। मौसमविद्हरुले औसत भन्दा निकै कम पानी परेकाले यस वर्षको हिउँदामा खडेरी देखिएको बताएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।