Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


फर्केला त पश्मिनाको साख ?


117
Shares

काठमाडौं । चालु आर्थिक वर्षको सुरुदेखि निकासी व्यापार निराशाजनक अवस्थामा रहेको बेला सरकारले ‘पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०७९-८३’ सार्वजनिक गरेको छ ।

केही दिनअघि सार्वजनिक यो रणनीतिले सन् २०२६ को अन्त्यसम्ममा निर्यात बढाएर सात करोड ५० लाख अमेरिकी डलर अर्थात् नौ अर्ब ७५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य रमखेको छ ।

रणनीतिमा स्वदेशी च्याङ्ग्रा पालन र ऊन उत्पादन वृद्धि गर्ने, च्याङ्ग्रा पश्चिमको निर्यात बढाउने, उत्पादनको दिगो उत्पादन क्षमता वृद्धि गर्नेजस्ता वर्षाैंदेखि भनिँदै आएका परम्परगत कार्यक्रम बढी समावेश छन् ।

सरकारले ल्याएको रणनीति खासै उत्साहपूर्ण देखिँदैन । रणनीतिमा ३ वर्षमा साढे ७ करोड डलरको निर्यात लक्ष्य तोकिएकाले विगतमा युरोपेली बजारमा ‘हटकेक’ बनेको नेपाली पश्मिनाको फेरि आफ्नो साख फर्केला त भन्ने प्रश्न भने उब्जाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।