Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


कर्णालीमा १५ प्रतिशत जमिनमा मात्र सिँचाइ


78
Shares

जाजरकोट । कर्णालीको कुल खेतीयोग्य जमिनको १५ प्रतिशत भागमा मात्र १२ महिना सिँचाइ सुविधा पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

२ लाख ८७ हजार ९६२ हेक्टर कृषियोग्य जमिनमा १२ महिना १५.५ अर्थात १५ हजार २२८ हेक्टरमा मात्र वर्षभरी सिँचाइ पुग्ने भौतिक पूर्वधार, उर्जा तथा जलस्रोत मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । प्रदेश भरी ९९ हजार ५२२ हेक्टर जमिन सिँचाइ योग्य रहेको मन्त्रालयको तथ्यांकमा बताएको छ ।

कुलो वा नहरबाट (सतह) सिँचाईको लागि सम्भाव्य जमिन ३० हजार २९६ हेक्टर रहेको बताएको छ । नयाँ प्रविधिबाट सिँचाइ गर्न योग्य जमिन ६९ हजार ५९७ हेक्टर रहेको छ ।

यो आर्थिक वर्षमा सिँचाइका लागि प्रदेश सरकारले ९० करोड रकम मात्र बिनियोजन गरी काम गरिरहेको छ । यो रकम अत्यन्तै कम रहेको छ । प्रदेश सिँचाइ सम्बन्धी हेर्ने मन्त्रालय नै भौतिक पूर्वाधारमा मिसिएपछि बजेट अझै घटेर कम प्राथमिकतामा पर्ने अधिकारीहरूको दावी रहेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Skip This