काठमाडौं । काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको बैठक भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा बस्यो ।
एकीकृत बागमती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयूकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी काम गर्दा र समयमै निर्माण सम्पन्न नगर्दा जनताले सास्ती भोग्न थालेपछि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा सो समिति बनाइएको थियो ।
समितिले तीनकुनेस्थित बागमती पुल र बिजुलीबजार–धोबीखोला पुलमुनिको करिडोर तत्काल सुचारु गर्न प्रभावकारी समन्वय गर्नेछ । विद्युत् प्राधिकरणबाट सञ्चालित आयोजनाको काम सकिएपछि सडकलाई पुरानै अवस्थामा पु¥याउन समन्वय गर्ने बताइएको छ ।
उपत्यकाभित्र सञ्चालनमा रहेका प्रदेश सरकारका आयोजनाहरूको कार्यान्वयन गर्न समन्वय गर्नेछ । र, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमक्ष कुन निकायले कहाँ काम गर्दैछ भन्ने बारे रिपोर्टिङ गर्नेछ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्