Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण, उपलब्धि शून्य


117
Shares

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेश भ्रमण गर्ने गरे पनि त्यसको उपलब्धि स्थानीय तहमा शून्यप्रायः देखिएको छ ।

विभिन्न सङ्घसंस्थाको निमन्त्रणा तथा अध्ययन भ्रमणको नाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमण गर्ने गरे पनि भ्रमणपछि स्थानीय तहका लागि खासै उपलब्धि देखिएको छैन ।

कतिपय स्थानीय तहले विदेश भ्रमणबाट विदेशका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गरे पनि त्यो सम्बन्ध यहाँका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमण गर्ने बहाना’ मात्र बनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस आर्थिक वर्ष सुरु भएदेखि २६ जना जनप्रतिनिधि र १४ जना कर्मचारीले विदेश भ्रमण गरिसकेका छन् । करिब १० जना जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमणको तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।