३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘व्याप्त भ्रष्टाचार रोक्न गरौं हातेमालो’


117
Shares

काठमाडौं । देश भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्छ, ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ, व्याप्त भ्रष्टाचार रोक्न निकै चुनौतीपूर्ण छ । त्यति मात्रै होइन अख्तियारको थप निष्कर्ष छ, ‘सरकारी कोषमा राजस्व संकलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार हुने प्रवृत्ति विद्यमान छ ।’

अख्तियारको यो निष्कर्षका आधारमा सरकारका प्रायः सबै क्षेत्रमा कुन न कुनै किसिमको भ्रष्टाचार रहेको पुष्टि हुन्छ ।

भ्रष्टाचारविरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले पनि मुलुकमा भ्रष्टाचार व्यापक रहेको बताएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार पनि भ्रष्टाचारको र्‍यांक बढेको देखाएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पनि मुलुकमा वित्तीय अराजकता बढेको औंल्याएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।