Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


राष्ट्रपतिबारे बैठक अनिर्णित : समझदारी बिगार्ने काम नगर्न ओलीको चेतावनी, प्रचण्ड मौन


923
Shares

काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको भए पनि सहमतिको मिलनबिन्दु भेटिएको छैन् ।

सत्तारूढका साथै प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल चलिरहेको छ । सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा शुक्रबार राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपति निर्वाचनबारे खास छलफल गर्नुपर्ने विषय केही नभएको प्रतिक्रिया दिए । बैठकमा सरकारको कामको समीक्षा गर्दै अगामी दिनमा सरकारका काम थप प्रभावकारी कसरी बनाउनेबारे छलफल भएको उनले बताए ।

‘राष्ट्रपति चुनावबारे छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि,’ लिङदेनले भने, ‘अहिलेसम्म सरकारले गरेका कामबारे समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।