Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग


182
Shares

पोखरा । पोखराबाट सिधा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटक व्यवसायीहरुले माग गरेका छन् ।

पोखरा पर्यटक परिषदले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको स्वागतमा गरेको कार्यक्रममा पर्यटन व्यवसायीहरुले पोखराको दिगो रुपमा पर्यटन प्रवर्द्धन गर्न र यस क्षेत्रका आर्थिक विकास गर्न अन्तर्राष्ट्रिय हवाई उडान गनुपर्ने माग गरेका हुन् ।

करिब ४७ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि हाल उद्घाटन भएको करिब डेढ महिना बित्दा पनि उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय रुपमा एउटा पनि उडान गर्न नसक्नु दु:ख लाग्दो कुरा भएको परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले गुनासो गरे ।

उनले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पछि यहाँको पर्यटन प्रवर्द्धन गर्न भनी निजी व्यवसायी प्रतिष्ठानहरुले अबौं लगानी गरेकाले लगानीको सुरक्षाको लागि पनि अब अन्तर्राष्ट्रिय हवाई उडान गर्नुपर्छ, अन्यथा जसरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर सुरुमा अनसन बसिएको थियो अब फेरि अन्तर्राष्ट्रिय हवाई उडान गर्नका लागि अनसन बस्न नपरोस् ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।