
काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा हाे भनेर छुट्याउन गाह्रो भएकाे उहाँले बताउनु भएको हो ।
नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले संसदमा झुटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउने कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाउनुभयो ।
मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको नेता पौडेलले दावी गर्नुभयाे । जसकाे अन्त्य गर्न लागि पर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्