
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णायक भनिएको बैठक आइतबार बस्दैछ ।
गत बिहीबारको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गृह मन्त्रालयबारे निर्णय गर्न दुई दिनको समय दिएकोमा शनिबार राति बसेको रास्वपा बैठक पनि निष्कर्षविहिन बनेको हो । शनिबार कुनै निर्णय हुन नसकेपछि रास्वपा बैठक आइतबार बिहान ११ बजे पुनः बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएसँगै रास्वपाले उपप्रधान एवं गृहमन्त्री पद गुमाएको थियो ।
लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनः प्राप्त गरेपछि गृह मन्त्रालय आफैंले पाउनुपर्ने दावी गरिरहुनभएको छ ।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गर्नुभएको छ । गृहको सट्टामा अर्को मन्त्रालय लिएर सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा आइतबारको बैठकले निर्णय लिनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्