
काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरीका स्थानीय तहलाई खर्च कटौतीको लागि परिपत्र गरेको छ ।
अर्थ मन्त्रालयले माघ १७ गते निर्णय गरेर सबै प्रदेश र स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा संघीय मामिला मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई खर्च कटौती गर्न परिपत्र गरेको हो ।
२० प्रतिशत खर्च कटौती हुने खर्च शिर्षकहरुमा कर्मचारी तलब खर्च, जनचेतना तालिम तथा गोष्ठी, भ्रमण, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, फर्निचर तथा फिक्चर्स, इन्धन खर्चलगायत छन् ।
देश आर्थिक संकटतर्फ अगाडि बढेको भन्दै वर्तमान सरकारले ल्याएको साझा न्युनतम कार्यक्रममा आधारित भएर अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौतीको निर्णय गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्