
सुशील गैरे
कपिलवस्तु । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा लाग्नु पर्ने बताउनुभएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका अनुगमन तथा भेटघाट गर्ने क्रममा उहाँले सुशासन कायम गर्न भ्रष्टाचारमुक्त सरकार बनाउने धारणा राख्नुभयो । कर्मचारीले भ्रष्टाचार गरेको सुन्न आएमा २४ घन्टा भित्र मन्त्रालयमा तानी कर्मचारी फेर बदल गर्ने समेत चेतावनी दिनुभएको छ ।
शून्यसहनशीलता अपनाउने भन्दै कर्मचारीहरूले बिचौलियाको माध्यमबाट काम गरिरहेको गुनासो सुन्न नपरोस् भनी निर्देशन दिनुभएको थियो ।
मन्त्री मोदीले निर्देशन दिँदै जनताका आशाका केन्द्र रहेको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर काम गर्ने बताउँदै कार्यालयको निर्धारित समयमै कर्मचारीहरू हाजिर भई काम गर्नुपर्ने निर्देशनसँगै कर्मचारीहरूलाई भ्रष्टाचारमुक्त हुन र सुशासन कायम राख्न र कसैको प्रभावमा नपरी सरकारप्रति उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्