३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कोलम्बियामा ‘अनुदारवादी’ मानिएका नेता इभान डुके राष्ट्रपतिमा निर्वाचित


0
Shares

काठमाडौं, असार ४ । कोलम्बियाको राष्ट्रपतिमा अनुदारवादी नेता इभान डुके निर्वाचित भएका छन् ।

निर्वाचनमा उनले ५४ प्रतिशतभन्दा धेरै मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रोले ४१ प्रतिशत मत मात्र प्राप्त गरेका छन् ।

अनुदारवादी नेता इभान कोलम्बियामा फार्क विद्रोहीहरूसँग भएका शान्ति सम्झौताका प्रतिबद्धता पूर्ण परिमार्जन गर्ने वाचासहित चुनावी अभियानमा होमिएका थिए ।

पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रोले शान्ति सम्झौताको समर्थन गरेका थिए ।

निर्वाचनको परिणामले फार्क विद्रोही र कोलम्बिया सरकारबीच भएको एउटा ऐतिहासिक र विवादास्पद शान्ति सम्झौताको भविष्यबारे प्रश्नहरु खडा गरिदिएको छ ।

उनले पाँच दशक लामो द्वन्द्वका क्रममा फार्क विद्रोहीले गरेका युद्धअपराध विरुद्ध कडा दण्डका प्रावधान लागू गर्ने बताएका छन् ।(एजेन्सी)