३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कछुवा गतिमा गौरवका आयोजना


234
Shares

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको ११ वर्ष बितिसक्यो। तर ती आयोजनाको निर्माण गति भने गौरव गर्न लायक देखिँदैन ।

राष्ट्रिय गौरवका आयोजनाका लागि बर्सेनि बजेट छुट्याउँदै आएको सरकार यी आयोजनाका लागि विशेष कानुन तर्जुमा गर्नबाट भने चुक्दै आइरहेको छ ।

विशेष कानुन तर्जुमा नगर्दा अन्य आयोजना र राष्ट्रिय गौरवका आयोजनामा कुनै भिन्नता देखिँदैन। सरकारले पहिलो पटक २०६८/६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरेको थियो । त्यसपछि २०७०/७१ मा थप चारवटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखेको थियो ।

आव २०७५/७६ देखि २०७७/७८ को अवधिमा यो सूचीमा थप तीन वटा आयोजना थपिए । तर अहिलेसम्म तीनवटा आयोजना मात्र निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका त्यस्ता आयोजनामा माथिल्लो तामाकोसी जलविद्युत्, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छन् । मेलम्ची खानेपानी आयोजना पनि आंशिक रूपमा सम्पन्न भएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।