१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


उपेन्द्र यादवले दिए समर्थन फिर्ता लिने चेतावनी


1.95k
Shares

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएकाे छ ।

बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उहाँले संघीयताविराेधी षड्यन्त्र भइरहेकाे भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएकाे हाे ।

उहाँ भन्नुभयाे, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ।’

साेही क्रममा उहाँले सडक संघर्षका लागि नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयाे ।