Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


डडेल्धुरामा म्याराथुन दौड हुने


221
Shares

डडेल्धुरा । महाशिवरात्रीको अवसर पारेर फागुन ६ गते डडेल्धुरामा अमरगढी हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।

महाशिवरात्री तथा २६० औं नेपाली सेना दिवस २०७९ को अवसरमा ढुंगे किल्लाको संरक्षण, प्रवर्द्धन गर्न तथा पर्यटकीय आकर्षण बढाउन रणबम गण दहब्यारेकद्वारा दौड प्रतियोगिताको आयोजना हुन लागेको नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिनुभयो ।

नागरिक सेना सम्बन्ध सुदृढ गर्न र खेलकुद गतिविधिमा सबैको सहभागिता बढाउन आयोजना गरिएको दोश्रो अमरगढी हाफ म्याराथन प्रतियोगितामा २१ किलोमिटर म्याराथनसँगै ८ किलोमिटर वाकाथन पनि गरिने जनाइएको छ ।

फागुन ६ गते शिवरात्री पर्वका दिन सम्पन्न हुने म्याराथनमा उत्कृष्ट हुने १० जनालाई नगद पुरस्कार दिईने आयोजले बताएको छ ।