Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


आईपीएल क्रिकेटमा आज पञ्जाव किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने


299
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार पञ्जाव किंग्स र राजस्थान रोयल्स भिड्ने भएका छन् ।

भारतकाे चण्डीगढमा मंगलबार राति पौने ८ बजेदेखि पञ्जाव किंग्स र राजस्थान रोयल्स भिड्ने भएका हुन् । तालिकाको शीर्ष स्थानमा रहेको पञ्जाव मंगलबारको खेल जित्दै अग्रता फराकिलो पार्न चाहन्छ । चौथो स्थानको राजस्थान पनि साेही खेल जित्दै दोस्रो स्थानमा उक्लिने लक्ष्यमा रहेको छ ।

आईपीएल क्रिकेटमा ७ खेलबाट पञ्जावको १३ अंक छ भने ८ खेल खेलेको बैंगलाेर १२ अंकसहित दोस्रो स्थानमा रहेकाे हाे । तेस्रो स्थानको सनराइजर्स हैदरावाद र चौथो स्थानको राजस्थान रोयल्सको ८ खेलबाट समान १० अंक छ ।

आईपीएल क्रिकेटमा साेमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलाेरले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेकाे थियाे ।