३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


शिवराजमा खेलकुद महोत्सव : १६ सय बढी खेलाडी सहभागी


78
Shares

सुशील गैरे
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिमा खेलकुद महोत्सव सुरु भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ शिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगिता आयोजना गरिएको हो।

खेलकुद महोत्सवको उद्घाटन गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले खेलले युवाहरूलाई तन्दुरुस्त राख्नुका साथै लागू औषध बाट छुटाउन सहयोग पुग्ने बताउनुभयो ।

देशभरमा सबै पालिकाहरूले प्रत्येक वर्ष खेलकुदका कार्यक्रम गरे पनि त्यसको उपलब्धि बारे अध्ययन नगरेको बताउनुभयो ।

केसीले शिवराज क्षेत्र प्रदेशको राजधानी नजिकै रहेकोले यहाँ प्रदेश स्तरीय खेल मैदान आवश्यक रहेको जिकिर गर्नुभयो । केही वर्ष अघि प्रदेशले बजेट विनियोजन गरे पनि कोरानाका कारण काम गर्न नसकिएकोले आगामी वर्ष प्राथमिकता साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले खेलाडीहरूलाई स्थापित गर्नको लागि नगरले खेल महोत्सव आयोजना गरेको जिकिर गर्दै खेलाडीलाई प्रोत्साहन गर्न पालिकाले महत्वपुर्ण भूमिका खेल्ने बताउदै पालिका खेलाडीको साथमा रहेको विश्वास दिलाउनुभयो ।

खेल महोत्सवमा राष्ट्रपति रनिङ शिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगितामा विभिन्न विधाका खेलहरू समावेश गरिएको शिक्षा तथा खेलकुद शाखा प्रमुख पूर्ण विश्वकर्माले बताउनुभयो ।

राष्ट्रपति रनिङ शिल्डमा शिवराज नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी गरि १५ वटा विद्यालयहरू सहभागी भएको विश्वकर्माले बताउनुभयो । मेयर कप तर्फ पुरुष फुटबल, भलिबल, क्रिकेट र व्याडमीटन तथा उपमेयरकप तर्फ महिला फुटबल, भलिबल, क्रिकेट र कराँते प्रतियोगिता हुने छ । माघ २९ गते सम्म चल्ने खेलकुद महोत्सवमा करिब १६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।