
काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिका लागि सरेको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन डाकिएको बैठक भोलिका लागि सारिएको हो ।
गृह मन्त्रालयको विवादले सत्ता गठबन्धन नै समस्यामा पर्ने खतरा बढेपछि सत्ता घटकहरुसँग छलफल गर्न प्रधानमन्त्री दाहालले पार्टीको बैठक स्थगित गर्नुभएको छ ।
माओवादी पार्टीले भने प्रतिनिधिसभाको बैठक परेको र तयारी पनि नपुगेकाले बैठक स्थगित गरिएको तर्क गरेको छ ।
प्रतिक्रिया दिनुहोस्