५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


पराजुलीको अध्यक्षतामा इन्टरनेट सेवा प्रदायक संघको कार्यसमिति चयन


169
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघमा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

कम्पनीले राजधानीमा सम्पन्न २२ औं साधारण सभाले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको संस्थाले जनाएको हो ।

संघको उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नविनकुमार श्रेष्ठ निर्वाचित हुुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष पराजुलीले इन्टरनेट सेवा प्रदायकका समस्या समाधान गर्दै गुणस्तरीय सेवाका साथ इन्टरनेट क्षेत्रको विकासमा लागिपर्ने उल्लेख गर्नुभयो ।