
पाल्पा । पाल्पामा छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
एक जनाको भुतखोलामा डुबेर र एक जनाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो । तिनाउ गाउँपालिका–३ भुतखोलामा, नवलपरासी पश्चिम पालिनन्दन गाउँपालिका–ंं २ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
भूतखोलामा ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा पठान चिप्लिएर पोखरीमा डुबेर हुन् । त्यसैगरी पाल्पा रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा चालक रामपुर नगरपालिका–२ पुल्चोकका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रामपुर बेझाड बजारबाट कान्जीहाउस तर्फ जाँदै गरेको लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । घाइते नेपालीको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएकाे छ ।  
 


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्