Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त


78
Shares

काठमाडाैं । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ ।

नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिनुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गेलले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता सिरहा निवासी हुनुहुन्छ ।