Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


सर्वोच्चको फैसलाविरुद्ध नाराबाजी गर्ने पाँच जना पक्राउ


611
Shares

काठमाडौं । रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाविरुद्ध सर्वोच्च अदालत परिसरमा नाराबाजी गर्ने पाँच जनालाई पक्राउ गरिएकाे प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजी पाेषराज पाेखरलेले बताउनु भयाे ।

सर्वोच्चले लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको विपक्षमा फैसला सुनाएपछि उनीहरु नाराबाजीमा उत्रिएका थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार अन्तिम सुनुवाइले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको छ ।

यससँगै गत मंसिर ४ गते चितवन क्षेत्र नम्बर २ बाट विजयी लामिछानेको सांसद पद पनि खारेजीमा परेको छ।