३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा


104
Shares

एजेन्सी । रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप अर्थात ‘कोपा डेल रे’ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सोसिडाडलाई १–० ले हराएर बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो ।

आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फ्रेन्च खेलाडी ओस्मान डेम्बेलेले ५२ औं मिनेटमा निर्णायक गोल गरे ।

४० औं मिनेटमा ब्रेइस मेन्डेज सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सोसिडाड १० खेलाडीमा समेटिन पुगेको थियो ।

‘कोपा डेल रे’ कै अर्को खेलमा सेभियालाई २–१ ले हराउँदै ओसासुना पनि सेमिफाइनलमा पुगेको छ । ओसासुनाका इजिक्वेल एभिला र एब्डेसमाड इजालजोउलीले एक एक गोल गरे । सेभियाका युसुफ एन न्यास्रीले एक गोल फर्काए ।

प्रतियोगिताका अन्य दुई क्वार्टरफाइनल खेलहरुमा बिहबिार राति रियल मड्रिड र एथ्लेटिको मड्रिड तथा एथ्लेटिक बिल्बाओ र भ्यालेन्सिया भिड्नेछन् ।