२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


धनकुटामा गरीब घरपरिवारलाई परिचयपत्र वितरण


104
Shares

धनकुटा । धनकुटाको छथरजोपाटी गाउँपालिकाले पालिकाभित्रका गरीब घरपरिवारलाई परिचयपत्र वितरण गर्न सुरू गरेकाे छ ।

गाउँपालिकाले गरीब घरपरिवारलाई पहिचानको विवरणमा समावेश भएर परिचयपत्र स्वीकृत भएका परिवारलाई परिचयपत्र वितरण गर्न सुरू गरेको हाे । केही वर्ष पहिला फारम भरेकाहरुको परिचयपत्र भूमी व्यावस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पठाएपछि गाउँपालिकाले वितरण गर्न सुरु गरेको हो ।

आर्थिक रुपलेपछि परेका नागरिकहरुको पहिचान गरी शिक्षा, स्वाथ्य र रोजगारी लगायत अवसरमा प्राथमिकता दिनका लागि गाउँपालिकाले याे अभियानकाे सुरू गरेकाे हाे । सामाजिक कल्याणका काममा गरीब घरपरिवारलाई विशेष प्राथमिकता राज्यले सेवा सुविधा दिनका लागि परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य हुन सक्ने गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो ।

गाउँपालिकाका ६ वटा वडाका २ सय ४५ परिवारलाई गरीब घर पहिचानको परिचयपत्र दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले जानकारी दिनुभयो ।