पाल्पाका महिलाहरु तरकारी खेतीमा आकर्षित « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


पाल्पाका महिलाहरु तरकारी खेतीमा आकर्षित


455
Shares

काठमाडौं । पाल्पाका महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकेर दिउँसोको समयमा खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् ।

तरकारी खेतीले महिलाहरूको दैनिकी बदलिदै गएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने महिलाको दैनिकी बनेको छ ।

काउली, बन्दा उत्पादन गरेर यहाँका महिलाहरुले दिनहुँजसो बजारमा पु¥याउने गरेका छन् । बन्दा प्रतिकिलो ३० रूपैयाँ र काउली प्रतिकिलो ६० रुूपैयाँमा बिक्री भइरहेको छ ।

दैनिकजसो भएको तरकारी बिक्रीले महिलाहरुलाई घरखर्च चलाउन सजिलो भएको छ । घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने महिलाहरु व्यवसायिक रूपमै तरकारी खेतीमा संलग्न हुन थालेका छन् । यहाँका महिलाहरु आफैं कृषि समूहमा आबद्ध भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । यहाँका समूहमा आबद्ध प्रत्येक महिलाहरुले तीन रोपनी जग्गामा मौसमअनुसारका विभिन्न तरकारी लगाउँदै आएका छन् ।

सिँचाइ सुविधा, नयाँ प्रविधिको प्रयोग, उन्नत जातका बीउबिजनको सुविधाले तरकारी खेती गर्न किसानलाई सजिलो छ ।

कृषि प्रविधिमा ५० प्रतिशत अनुदानजस्ता कार्यक्रममा जोड दिएकाले आयआर्जनमा महिलाहरु आकर्षित भएका हुन् ।