उर्जा आपूर्ति बन्द हुँदा पाकिस्तानमा अन्धकार « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


उर्जा आपूर्ति बन्द हुँदा पाकिस्तानमा अन्धकार


195
Shares

एजेन्सी । आर्थिक मन्दीका कारण चरम उर्जा संकट भोगिरहेको पाकिस्तानमा आपूर्ति प्रणाली फेल हुँदा देशको आधा भन्दा ठूलो हिस्सामा अन्धकार छाएको छ ।

सोमबार बिहान बिग्रिएको विद्युत् आपूर्ति प्रणाली अझै पुनर्स्थापना नहुँदा राजधानी ईस्लामावादसहित ठूला शहरहरुमा जनजीवन कष्टकर बनेको छ ।

विद्युत् आपूर्ति बन्द हुँदा संसद पनि ४८ घण्टाका लागि बन्द गरिएको छ ।

राजधानी ईस्लामावाद, कराँची, लाहोर, पेशावरलगायतका शहरहरु रातभर अन्धकार बनेको थियो । पाकिस्तानी उर्जामन्त्री खुरुम दस्तागिरले राष्ट्रिय ग्रिड ब्रेकडाउन भएका कारण समस्या आएको बताउनु भएको छ ।

उर्जा आपूर्ति बन्द हुँदा अस्पतालहरुमा कोलाहल भएको थियो । आकस्मिक अपरेसन र उपचारहरु समेत रोकिएको बताइएको छ ।

जाडो याममा माग उच्च हुँदा आपूर्ति प्रणाली फेल भएको बताइएको छ ।

आर्थिक संकटका कारण पर्याप्त मात्रामा तेल खरिद गर्न नसक्दा पाकिस्तानका डिजेल प्लान्टहरुले माग अनुसारको विद्युत् उत्पादन गर्न सकेका छैनन ।