Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै


91
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत मंगलबार दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस हुने तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।