 
	    एजेन्सी । अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग विवाह गर्नुभएको छ ।
सानो पारिवारिक जमघटका बीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो ।
गत शुक्रबार उहाँले विवाह गर्नुभएको हो । शनिबारसम्ममा ५३ हजारले उहाँको ‘स्टेटस ’ लाई मनपराएर ‘लाइक’ र ‘लभ’ सङ्केत प्राप्त भएको थियोभने धेरैले नवदम्पतिको तस्बिर ‘पोष्ट’ गरेका थिए । प्रेमीप्रेमिका भाग्ने उमेरका युवायुवतीजस्तै आफूहरू आल्हादित भएको उहाँले उल्लेख गर्नुभएको छ ।
अन्तरिक्षयात्री निल आर्मस्टङसँगै एपोलो ११ मा चद्रयात्रा गर्नुभएका एल्डरिनले सन् १९६९ को जुलाई २० मा आर्मस्टङसँगै चद्रमाको सतहमा पाइला राख्नुभएको थियो ।
चन्द्रमामा मानव पुर्याएर सुरक्षितरूपमा उनीहरूलाई पृथ्वीमा फर्काउने तत्कालीन राष्ट्रपति जोन एफ् केनेडीको वाचा उहाँहरूले पूरा गर्नुभएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्