तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै


221
Shares

काठमाडौं । आज आइतबार तामाङ समुदायको सोनाम ल्होसार पर्व । काठमाडौँ लगायत तामाङहरुको बसोबास रहेका स्थानमा आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको हो ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

सरकारले सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ ।