कपिलवस्तुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


कपिलवस्तुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते


91
Shares

कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिका-६ मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बस दुर्घटना परी ८ जना घाइते भएका हुन् । शनिबार बिहान ९ बजेतिर लु २ ख ४२२६ नम्बरको बसले साइकललाई ठक्कर दिंदा एक जना साइकल यात्रीको मृत्यु भएकाे प्रहरीले बताएकाे हाे । बसले लु ४ त ५४१९ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भएर साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका-३ गुलरीका ३० वर्षीय विन्दकुमार कहारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार बसमा सवार ६ र ट्याक्टरमा सवार २ जना गरी जम्ममा ८ जना घाइते भएका छन् । बस र ट्याक्टर चालक फरार रहेको उहाँले बताउनुभयाे ।