माइकल ज्याकसनको जीवनमा आधारित फिल्म बन्ने « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


माइकल ज्याकसनको जीवनमा आधारित फिल्म बन्ने


130
Shares

एजेन्सी । अमेरिकन बहुचर्चीत स्व. पप्प गायक माइकल ज्याकसनको जीवनमा आधारित फिल्म ‘माइकल’ बन्ने भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार हलिउड स्टुडियो लायन्सगेटले माइकलमाथि बायोपिक बनाउन लागेको हो । यो फिल्मलाई एन्टोइन फुक्वाले निर्देशन गर्ने भएका छन् ।

ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’ का निर्माता ग्राहम किङले यस फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग सहकार्य गर्ने भएका छन् । जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन् ।

फिल्मको कथा लेखक जोन लोगानले तयार पारिरहेका छन् । सन् २००९ मा ५० वर्षको उमेरमा माइकलको हृदयाघातको कारण निधन भएको थियो ।