हलिउड गायिका सेलेना गोमेज प्रेममा « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


हलिउड गायिका सेलेना गोमेज प्रेममा


6.734k
Shares

एजेन्सी । हलिउड गायिका सेलेना गोमेज प्रेममा सम्बन्ध रहेकाे खबर सार्वजनिक भएकाे छ ।

गायिका सेलेनाकाे विश्वचर्चित ब्याण्ड चेनस्मोकर्सका गायक ड्रिउ ट्यागगार्टसँग प्रेम सम्बन्ध रहेकाे खबर सार्वजनिक भएकाे हाे ।

उनीहरु दुवै जना प्रेम सम्बन्धमा रहेको खबर अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् । गायक ड्रिउ यसअघि एप्पल कम्पनीका सह-संस्थापक स्वर्गीय स्टिभ जब्सकी छोरी इभ जब्ससँग प्रेम सम्बन्धमा रहेका थिए ।

यसअघि जस्टिन बिबर र विकेन्डसँग पनि प्रेम सम्बन्धमा बसिसकेकी सेलेनाको नाम हालै आफ्ना निकट साथी निकोला पेल्ट्जका दाजु ब्राड्ली पेल्ट्जसँग जोडिएको थियो । युएस विक्ली म्यागजिनले सेलेना र ड्रिउले प्रेम सम्बन्धलाई निकै क्याजुअल र लो–की राखिरहेको लेखेको छ । स्रोतले म्यागजिनसँग भन्यो, ‘उनीहरुले क्लब जानेदेखि सार्वजनिक ठाउँमा घुम्नेसम्मका कुरालाई प्रस्तुत गर्दै प्रेम सम्बन्धलाई लुकाउन चाहेका छैनन् ।’

तर, सेलेना र ड्रिउले अहिलेसम्म आफ्नो सम्बन्धको बारेमा कुनै प्रतिक्रिया भने दिएका छैनन् । उनीहरूले अहिलेसम्म कुनै तस्बीरहरू सार्वजनिक गरेका छैनन्। गत हप्ता सेलेनाले लस एन्जलसमा क्यालिफोर्नियामा ८० औं गोल्डेन ग्लोब्स अवार्डमा आफ्नी ९ वर्षीया बहिनी ग्रेसी इलियट टिफेसँग भाग लिएकी थिइन् ।

‘ओन्ली मर्डर इन द बिल्डिङ’ श्रृंखलामा अभिनयको लागि सेलेनाले सर्वश्रेष्ठ टेलिभिजन अभिनेत्री म्युजिकल कमेडी शृंखलाका लागि मनोनित समेत भएकी थिइन् ।