चारकोशे जङ्गलमा नवजात शिशु फेला « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


चारकोशे जङ्गलमा नवजात शिशु फेला


1.014k
Shares

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित चारकोसे जङ्गलमा नवजात शिशु फेला परेकी छ्न् ।

कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशुलाइ स्थानियले फेला पारेका छन् ।

नवजात शिशु (छोरी) लाई स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

नवजात शिशुलाइ कसले जङ्गलमा छाड्यो त्यस्को विषयमा खोजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राइले बताए ।

नवजात अवैध सम्बन्धका कारण जन्मिएर बेवारिसे अवस्थामा छाडिएको आशङ्का गरिएको छ ।