Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ’


494
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताएका छन् ।

तिनिधिसभाको बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उहाँले ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ, त्यस्तो हुन सक्छ।’

उहाँले संसद्‌मा कांग्रेसले उच्चस्तरीय संयन्त्र बनाएको विषयमा विरोध गरेको भन्दै त्यस्तो अभ्यास पनि कांग्रेसले नै सुरू गरेको बताउनु भयाे ।